नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। बैंकिङ क्षेत्रमा विद्यमान समस्याबारे जानकारी गराउन नेपाल बैंकर्स संघका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेका हुन्।

चैत २७ गते अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरलाई आग्रह गरेका थिए।

बैंकर्स संघ पदाधिकारीले हाल बैंकिङ क्षेत्रमा देखिएका विभिन्न जटिलताबारे अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्।

उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि स्थानीय तहबाट सिफारिस लिन सहजीकरण तथा बक्यौता बाँकी आम्दानीबाट कर तिर्नुपर्ने व्यवस्था सहजीकरण तत्काल सम्बोधन हुनुपर्ने माग राखेका छन्।

बैंकहरुले यी व्यवस्थाका कारणा वित्तीय व्यवस्थापनमा दबाब बढेको भन्दै नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै