PRABHU BANK

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता, क्युआर मार्फत भुक्तानी गर्दा ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र चितवनस्थित निको बाल अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र अस्पतालबीच डेबिट र क्रेडिट कार्ड तथा क्युआर मार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड तथा क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकले देशभरका ३ सय २ शाखा, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै