PRABHU BANK

‘बैंकहरूको नाफा कम हुन हुँदैन’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको नाफा कम हुन नहुने बताएका छन् । अर्थसमितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले सो बैठकमा बैंकिङ प्रणाली सुरक्षित हुन र अर्थतन्त्र चलायमान हुन बैंकहरूले नाफा कमाउन आवश्यक रहेको जानकारी दिएका छन् ।

गभर्नरले पछिल्लो समय बैंकहरूले धेरै नाफा कमाएको भन्ने जस्ता सूचना गलत भएको उल्लेख गरेका छन् । साथै, उनले यस्तो भ्रममा नपर्न आग्रह समेत गरेका हुन् ।

त्यस्तै, गभर्नर अधिकारीले हाल बैंकहरूको नाफा ८.५ प्रतिशत भन्दा बढी नभएको र नाफा निरन्तर घट्दै गइरहेको जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै