नेपाल लाइफका अभिकर्ताले फेसबुकमा जथाभावी बोल्न थालेपछि प्राधिकरणले भन्यो- ‘बीमाबारे भ्रमपूर्ण प्रचार गर्नेलाई कारवाही हुन्छ’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले आफ्नो कम्पनीको क्षमता लगायतका विषयमा भ्रामक प्रचार प्रसार गर्न थालेपछि अन्तत: नियामक नेपाल बीमा प्राधिकरणले त्यसो गर्नेलाई कारवाही गर्ने आशयसहितको परिपत्र जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्ता तथा मध्यस्थकर्तालाई निर्देशन दिएको हो।

प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले सोमबार परिपत्र जारी गर्दै बीमा ऐन, २०७९ तथा आचारसंहिताविपरीत हुने प्रचारप्रसार तत्काल रोक्न निर्देशन दिएको हो।

विभिन्न बीमा कम्पनीको व्यवसायमा असर पार्ने गरी गलत सूचना फैलाइएको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासा आएको जनाएको छ । बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ ले आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता वा व्यवसायबारे गलत तथा बढाइचढाइ प्रचार गर्न रोक लगाएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ। स्वस्थ प्रतिस्पर्धा, विश्वसनीय सूचना प्रवाह र बीमितको हित संरक्षणका लागि नियामकीय व्यवस्था तथा आचारसंहिता पालना गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। यो हेर्नुहोस्:

नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !

नेपाल लाइफ अंग्रेजी नबुझ्ने, नेपाली मात्र बुझ्नेलाई दिन्छ गलत सूचना (प्रमाणसहित)

आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !

नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्