काठमाडौँ । चौतर्फी विवादको घेरामा परेको नेपाललाइफ इन्स्योरेन्सले अंग्रेजी नबुझ्नेहरुलाई गलत सूचना दिएको पाइएको छ । कम्पनीको आफ्नै वेव साइटमा प्रमुख कार्यकारी अधिकृतको सूचना दुई फरक भाषामा फरक फरक रहेको पाइएको हो ।
नेपाल लाइफले अंग्रेजी संस्करणमा अमित क्याललाई डेपुटी सीइओ भनेको छ । तर, तिनै कयाललाई नेपाली संस्करणमा एक्टिङ सीइओ भनेको छ ।
केहि समय अघि प्रवीण रमण पराजुलीको कार्यकाल सकिएपछि कयालले एक्टिङ सीइओको जिम्मेवारी पाएका थिए । पछि पराजुली पुन: सीइओ नियुक्त भएका थिए । पराजुलीको पुनर्नियुक्ति हुँदा कम्पनीले अंग्रेजीमा विवरण अपडेट गर्दा, नेपालीमा गरेन । यहि कारण नेपाली संस्करणमा भने वेव साइटमा गलत विवरण राखिएको पाइएको छ ।
यो पनि हेर्नुहोस्:


आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !
नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)
नेपाल लाइफमा विवाद : अमित कायलबारे एक झोला ‘डकुमेन्ट’ बोकेर मिडिया- मिडिया धाउँदै अभिकर्ता !


