बैंक अफ काठमान्डूको खुद नाफा ३३.७१% ले बढ्यो, रिजर्भ कोष र प्रतिसेयर आम्दानी कति ?

सोमबार, २८ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



बैंक अफ काठमान्डूको खुद नाफा ३३.७१% ले बढ्यो, रिजर्भ कोष र प्रतिसेयर आम्दानी कति ?

काठमाडौं -बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.७१ प्रतिशतले वृद्धि गरी ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंककोखुद ब्याज आम्दानी ३५.५४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । बैंकले ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष रिजर्भमा ४ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ मात्र थियो । 

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा रहेको छ ।


Tags : #Bank Of Kathmandu

प्रतिकृया दिनुहोस