National

विश्व बैंकले नेपालको सडक पूर्वाधार विकासका लागि ४५ करोड अमेरिकी डलर सहयोग गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

 World Bank
  • बैकिङ संसार
काठमाडौं । विश्व बैंकले नेपाललाई ४५ करोड अमेरकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको सडक पूर्वाधार विकास गर्नका लागि ४५ करोड अमेरिकी डलर अर्थात ५४ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका हुन् भने विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदादजर्भोसले सम्झौता पत्रमा आज हस्ताक्षर गरेका हुन् ।
विश्व बैंकले दिएको उक्त रकम यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारलगायतमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ । यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो । नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग पनि अर्थमन्त्रीले उठाएका छन् । त्यसैगरि नेपालमा आर्थिक बृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च-गुणस्तरीय पूर्वाधारहरूको महत्व पनि सर्वव्यापी रहेको उनले बताए ।

नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुने बैंकले जनाएको छ । यी आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने, सुरक्षित सडक यातायात सुनिश्चित हुने र जनताले सहज सुविधा पाउने बैंकको विश्वास रहेको छ । त्यस्तै सचिव ढुंगानाले पनि आर्थिक सम्भाव्यता र व्यापार सहजीकरणलाई बढावा दिन यस आयोजनाले आर्थिक पुनरुत्थान र उत्थानशीलतालाई तिव्रता दिने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै