National

ग्राहकहरुलाई विद्युतिय माध्यमबाट सेवा दिने उद्देश्यले माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज विद्युतिय माध्यमबाट भुक्तान गर्ने उद्देश्यका साथ उक्त सम्झौता भएको हो । यस सम्झौता पत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सञ्चय कोषका ऋणीहरुले विद्युतिय माध्यमबाट किस्ता रकम भुक्तान गर्न सक्ने भएका छन् । यस प्रक्रियाको लागि ऋणीहरुले कनेक्ट आइपिएस अनलाइन पोर्टल लगइन गरी गभरमेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी सञ्चय कोषको आइकनमा क्लिक गरी भुक्तानी गर्न सक्नेछन् ।

सारांश

बैंकले स्थापना कालदेखि नै ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल नेपालभर १ सय ५९ वटा शाखा, १ सय ३४ वटा शाखारहित बैंकिङ सेवा, १ सय ९८ वटा एटिएम र १ हजार भन्दा बढी पिओएसबाट आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा दिँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै