National

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना सार्वजनिक, कर्जा सिमा घटबढ गर्न पाइने

 Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ९.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गर्ने र आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने व्यवस्था गरेको छ । 
उक्त योजना अन्तर्गत ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार कर्जा सीमा घटाउन / बढाउन सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपालभरी रहेका ९१ वटा शाखा कार्यालयहरु र ३० वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै