National

सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो घर कर्जा योजना, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा

Shangri-la Development Bank
  • बैंकिङ संसार 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले  उक्त योजना ९.९९ प्रतिशत व्याजदरमा १ वर्षसम्म व्याज घटबढ नहुने गरी ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार नयाँ घर तथा जग्गा खरिद गर्नको लागि कर्जा लिन सक्नेछन् । बैंकले यस योजना अन्तर्गत ग्राहकहरुलाई ५० हजार रुपैयाँको कोरोना बिमा र ५ लाख रुपैयाँसम्मको दुर्घना बिमाको सुविधा उपलब्ध गराउने भएको छ  ।
बैकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आइरहेको छ । बैंकले देशभरी रहेका ९१ वटा शाखा कार्यालय र ३० वटा एटिएममार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime