प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा २१.४१% ले घट्दा गिरावट आउँदा अन्य सुचकको अवस्था कस्तो ?

बुधबार, १६ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा २१.४१% ले घट्दा गिरावट आउँदा अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं - प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण्म समर्वजनिक गरेको छ । इन्स्योरेन्सको खुद नाफा २१.४१ प्रतिशतले गिरावट भई ९ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ रहेको खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, इन्स्योरेन्सको खुद बिमा शुल्क भने ३०.९९ प्रतिशतले वृद्धि गरी १ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँ पुर्याएको छ भने कुल २२ करोड ७८ लाख ७० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ९७ करोड ९० लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । जीवन बिमा कोषमा पनि ३८.०५ प्रतिशतले वृद्धि गरी ७ अर्ब ६८ करोड ९७ लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १२ पैसा रहेको छ ।


Tags : #Prime Life Insurance

प्रतिकृया दिनुहोस