National

सेञ्चुरी बैंकले गर्यो हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह

 Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना हितग्राहीहरुलाई नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले सम्पूर्ण हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । बैंकको शाखा कार्यालयहरूमार्फत आर्थिक वर्ष २०७६/०७७ भित्र डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले उक्त शुल्क बुझाउनु पर्ने भएको छ । 
डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । हितग्राहीहरुले सेञ्चुरी बैंकको नजिकै रहेको शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् । मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा संचालनमा आएको १ वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

NMB Laghubitta