National

सनराइज बैंकले ल्यायो नारी बचत खाता, २ हजार रूपैयाँसम्म क्यास व्याकको सुविधा

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’को सुरुवात गरेको छ । बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘सनराइज नारी बचत खाता’ को सुरुवात गरेको हो । उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । 
बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छ । त्यस्तै, केही गर्ने चाहने महिलाहरुको लागि कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । 
बैंकले महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेको छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता अहिलेको महामारीको अवस्थामा ग्राहकहरुले घरमै बसेर अनलाइनबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै