National

कामना सेवा विकास बैंक र सूरिया हेल्थ केयरबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुटको व्यवस्था

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले सूरिया हेल्थ केयरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना सेवाग्राहीहरुलाई विशेष छुट प्रदान गर्नको लागि उक्त सम्झौता गरेको हो । बैंकका ग्राहकले सूरिया हेल्थ केयर प्रा.लीको पिसिआर परीक्षणमा विशेष छुट पाउने भएका छन् । कोरोनाबाट सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । 
अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा पिसिआर परिक्षण गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशभरी १ सय २४ वटा शाखा, ६६ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

loan