National

पेन्सन कोषमा रहेको २४ करोड ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, निक्षेप चाहने बैंकले वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै छ । बैंकले ३६६ दिनका लागि २४ करोड रुपैयाँ विभिन्न बैंकहरुमा निक्षेप राख्ने भएको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना मार्फत बिभिन्न बैंक तथा वित्त कम्पनीहरूका लागि फरक- फरक रकम छुट्याएको जानकारी गराउँदै बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान पनि गरेको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १९ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ६० लाख रुपैयाँ छुट्टाइएको छ । यस्तै राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २४ गते बेलुका ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् । तथापि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै