National

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आव्हान

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समुहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ७३ हजार ८ सय ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा रहेको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले खरिद आवेदन दिन सक्नेछन् ।बैंकका अनुसार संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिई सक्नुपर्ने छ ।

उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै