prabhu

ग्लोबल आइएमई बैंकको वित्तीय तथा डिजिटल बैङ्किङ साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय तथा डिजिटल बैङ्किङसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्गसम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ३ सय जनाभन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो भने बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए ।

आफ्ना ग्राहकहरूमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माले बताए ।ग्लोबल आईएमई बैंकका ४६ लाखभन्दा बढी निक्षेपकर्ताहरू छन् भने ६० हजार भन्दा बढी ऋणीहरू रहेका छन् । आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा  पुर्याउने उद्देश्यले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरू ग्राहकहरूमाझ ल्याइरहेको छ । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै