काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि संस्थापक सेयर अन्य व्यक्ति वा संस्थाहरूका लागि बिक्रीमा ल्याइएको बैंकले जनाको छ ।
सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।