National

नेपाल एसबिआई बैंकद्वारा सङ्खुवासभाको सिंहेश्वरी माविका विद्यार्थीहरूलाई डेढ सय ट्रयाक सुट हस्तान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई ट्रयाक सुट हस्तान्तरण गरेको छ । बैंकले सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरूलाई १ सय ५३ थान ट्रयाक सुट हस्तान्तरण गएको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विगत लामोसमय देखि शिक्षा क्षेत्रमा शैक्षिक सामग्री लगायतका थुप्रै सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुसिक निरौला, स्कुलका प्रधानाध्यापक श्रीमती देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारीहरू र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै