National

मुक्तिनाथ विकास बैंकले गर्यो ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि केयुसँग सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौँ विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । बैंकले दिगो विकासमा टेवा पुर्याउने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि केयुसँग सहकार्य गरेको हो ।

कम्पनीले एक समारोहकाबीच काठमाडौँ विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा.बिराज सिंह थापा तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । ग्रीन हाइड्रोजन ल्याबले हाल ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ ।

बैंकलले यस्तो खालको सहयोगबाट प्राकृतिक स्रोतको रुपमा रहेका असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै