National

दैलेखको दुल्लुमा नबिलको २६८औं शाखा सञ्चालनमा, पालिकामै बन्यो निजी बैंकको पहिलो शाखा

काठमाडौं । नबिल बैंकले दैलेखको दुल्लुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुल्लु नगरपालिकामा सञ्चालनमा ल्याएको नबिलको यो २६८औँ शाखा हो । 

दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल र नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । नगरपालिका प्रमुख रिजालले नबिलले शाखा सञ्चालनमा ल्याएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहज हुने बताएका छन् । 

देशकै अग्रणी बैंकले आफ्नो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याउँदा आफूलाई निकै खुसी लागेको बताउँदै दुल्लुका जनतामा वित्तीय पहुँच बढाउन र उद्यम व्यवसाय विस्तार गर्न सहयोग पुग्ने लिका प्रमुख रिजालले बताए ।

बैंकका डेपुटी सिइओ ज्ञवालीले शाखाबाट ग्राहकलाई सबै खालका बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन् । नबिलको नयाँ शाखा दुल्लु नगरपालिकामा निजी क्षेत्रको बैंकको पहिलो शाखा बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै