National

हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई ३ लाख बढीको भिडियो उपकरण सहयोग, लुटपाटका घटनाहरूको निगरानी गर्न सहयोग हुने विश्वास

काठमाडौँ । हिमालयन बैंकले पर्सा प्रहरीलाई ३ लाखबढीको भिडियो उपकरण सहयोग गएको छ । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्सालाई ३ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको चेष्ट स्टा्रपसहित ५ थान गोप्रो हिरो १२ क्यामरा हस्तान्तरण गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा नियन्त्रण गेन उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका तथा जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरू लगायत सहभागी उक्त हस्तान्तरण कार्यक्रमकामा बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप ती सामग्री प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै