National

विभिन्न जिल्लामा पुस्तकालय भवन निर्माण गर्दै एनआईसी एशिया बैंक, विद्यार्थीहरूको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने विश्वास 

काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू दिएर विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न उक्त पुस्तकालय भवनहरू निर्माण गरिएको बैंकले जनाएको छ ।

बैंकले कैलालीको मोहन्याल माध्यमिक विद्यालय, सिराहाको बाला सुन्दरी माध्यमिक विद्यालय, झापाको आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज माध्यमिक विद्यालय, तनहुँको पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरूलाई उक्त पुस्तकालय हस्तान्तरण गरेको छ ।

त्यसैगरी, पर्साको सिद्धार्थ माध्यमिक विद्यालय र रूपन्देहीको पब्लिक सेकेन्डरी विद्यालय, चितवनको विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ताका छनौट प्रकृया अगाडि बढिसकेको बैंकले जनाएको छ ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमाथि पहुँच भई शैक्षिक गुणस्तर र व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकको विश्वास रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै