शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी तीनै कम्पनीले असोज १३ गते बुक क्लोज गर्दैछन् ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । शाइन रेसुङ्गाले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा असोज २८ गते हुँदैछ ।

सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा असोज २५ गते बोलाइएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा असोज २७ गते हुँदैछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्