कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको गुनासो, ‘राष्ट्र बैंकका कर्मचारीले झुठा आश्वासन मात्रै दिए, समस्या समाधान भएन’

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका पीडित बचतकर्ताहरूले नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले खाली झुठा आश्वासन दिएको बताएका छन्। सामाजिक संजालमा गुनासो गर्दै उनीहरूले यस्तो बताएका हुन्।

उनीहरूले आफूहरूलाई दुई वर्षदेखि विभिन्न आश्वासन दिइँदै आएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक अपिलमा कर्मचारीहरूले विगत लामो समयदेखि आफूहरूलाई विभिन्न प्रकारका आश्वासन दिइए पनि त्यसअनुसार ठोस प्रक्रिया अघि नबढेको गुनासो गरेका छन्। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्