National

कर्पोरेट क्रिकेटमा माछापुच्छ्रे बैंकको पहिलोपटक जित, आइसिएफसीलाई ३ विकेटले हरायो

काठमाडौं । कर्पोरेट क्रिकेटमा माछापुच्छ्रे बैंकले पहिलोपटक उपाधि जितेको छ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन-७ को उपाधि जितेको हो ।

मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि जितेको छ ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग-यो । माछापुच्छ्रे बैंकको जितमा निशेष के.सीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

बैंकले आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै