DISH HOME

प्रभु बैंक र स्वस्तिक हेल्थ केयरबीच स्वस्थ सेवामा छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच स्वस्थ सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र सो कम्पनीबीच ग्राहक तथा कर्मचारीहरूलाई ताल्छीखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वस्थ सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापाले एक समारोहका बिच समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वस्थ सेवाहरू उपलब्ध गराउने छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै