National

राष्ट्र बैंकले समाधान गर्यो ३ हजार बढी गुनासा, अनलाइन पोर्टलबाट प्राप्त भएका गुनासा सबैभन्दा धेरै समाधान (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहकका ३ हजार भन्दा बढी गुनासाहरू समाधान गरेको छ । बैंकले गत वर्षको वैशाखदेखि चैतसम्म वित्तीय ग्राहकबाट प्राप्त ३ हजार ७३ वटा गुनासाहरू समाधान गरेको हो ।

कुल गुनासामा सबैभन्दा धेरै अनलाइन पोर्टलबाट प्राप्त भएका गुनासा बैंकले समाधान गरेको छ । बैंकले अनलाइन पोर्टलबाट प्राप्त ७४ प्रतिशत अर्थात २ हजार २७६ गुनासा समाधान गरेको हो ।

त्यस्तै, समाधान भएका कुल गुनासामा टेलिफोन, इमेल र हेलो सरकारबाट प्राप्त १६ प्रतिशत र लिखित निवेदन १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष धेरैजसो गुनासो कर्जा, कर्जाको ब्याजदर, कालोसूची र विद्युतीय भुक्तानीसम्बन्धी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईले अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका साथै लिखित निवेदन वा कार्यालयमै आएर दर्ता गराएका निवेदन मार्फत ग्राहकहरूको गुनासो र विभिन्न समस्या, प्रश्न, जिज्ञासा र सुझाव आदि प्राप्त गर्ने गर्छ र सोहीबमोजिम समाधान र कार्यान्वयनका लागि पहल समेत गर्ने गर्छ । यस्तो छ सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै