prabhu

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विजेतालाई ६० हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बैंकले आफ्ना विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासका निमित्त अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता गरेको हो । 

२०८० माघ २६ बाट शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता बाट छनौट भएकाहरू अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाण्डौमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

सम्पन्न प्रतियोगितालाई सञ्चालन तथा कर्जा गरि दुई समूहमा विभाजन गरिएको थियो भने शाखा स्तरको प्रथम चरणमा सहभागि ४ सय ६४ कर्मचारीबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका सञ्चालन तथा कर्जा समूहका २०-२० जना गरि जम्मा ४० जना प्रतियोगीहरूको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागिता भएका थिए ।

कार्यक्रममा बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाई प्रमुखहरू, क्लष्टर-सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करिब ३ सय ५० भन्दा वढी कर्मचारीहरू सहभागी भएका थिए ।

 कार्यक्रममा २ समूहका ४ जना विजेतालाई नगद ६० हजार एवं दुई समूहका चार जना उपविजेताल़ाई नगद ४० हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै