prabhu

प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकले गर्यो कारवाही…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रयमासमा ऐन तथा निर्देशन पालना नगरेका कारण प्राइम कमर्सियल बैंकलाई  कारवाही गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकलाई कारवाही गरेको उल्लेख गरेको छ । 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकलाई कारवाही गरेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा बैंकको २०७८ चैत्र महिनाको अपरिस्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोले बैंक कारवाहीमा परेको हो ।

राष्ट्र बैंकले प्रचलित कानुन र राष्ट्र बैंकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ । यस्तो छ सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै