प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब बढी, प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ १३ पैसाले बढ्यो ! (विवरणसहित)

काठमाडौँ। प्राइम कमर्सियल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।

यस अबधिमा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अहिलेको तुलनामा २८.४९ प्रतिशतले बढी हो।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत, सञ्चालन आम्दानी ५.८२ प्रतिशत र सञ्चालन मुनाफा २६.९४ प्रतिशतले  बढेको छ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ १३ पैसाले बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ।

यता बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ। यस अबधीमा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा रहेको छ।

प्राइम कमर्सियल बैंकको निक्षेप ५.४६ प्रतिशत र कर्जा तथा सापटी ८.२९ प्रतिशत बढेको बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्