काठमाडौँ। माछापुच्छ्रे बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।
यस अवधिमा बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा भने बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा १२.२४ प्रतिशतले बढेको हो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ९० पैसाले बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २३.३८ प्रतिशत, सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको र सञ्चालन मुनाफा ०.५४ प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको छ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ।



