हिमालयन बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ऋणात्मक, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाडौँ। हिमालयन बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२-८३ को वित्तीय विवरण सार्वजनिक गरेको हो।

यस अबधिमा बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० गुणाले बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख नाफा आर्जन गरेको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपिएस ) ६.५६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात २९.६७ गुणा रहेको छ ।

त्यस्तै, अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेकोमा हाल बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८१ करोड रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रोभिजन ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँबाट घटेर २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख रुपैयाँ रहेको । साथै, बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड रहेको छ। 

यता बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै,  कुल चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ रहेको छ। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्