काठमाडौँ । स्मार्ट टेलिकमलाई प्रवाह गरिएको ऋण प्रकरणमा प्रहरीले प्राइम कमर्सियल बैंकका सहायक प्रबन्धक अनुज मानन्धरको बयान लिएको छ।
बयानमा मानन्धरले आफू २०११ सालदेखि प्राइम कमर्सियल बैंकको कर्जा शाखामा कनिष्ठ अधिकृतका रूपमा कार्यरत रहेर हाल सहायक प्रबन्धकका रूपमा कार्यरत रहेको बताएका छन्।
सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।
सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतो मै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।
यो प्रकरणमा प्रहरीले प्राइम कमर्सियल बैंकका कर्मचारी अनुज मानन्धरको बयान समेत लिएको पाइएको छ । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै:


यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ ।



