PRABHU BANK

ऋणीको रकम दुरूपयोग गर्ने खेतानालाई राष्ट्र बैंकले तिरायो १० लाख जरिवाना

ऋणीको रकम दुरूपयोग गर्ने खेतानालाई राष्ट्र बैंकले तिरायो १० लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक सेयरधनी राजेन्द्र खेतानलाई जरिवाना गरेको छ । खेतानालाई बैंकिङ ऋण दुरूपयोग गरेको घटनामा १० लाख रूपैयाँ जरिवाना गेको हो ।

खेताना लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक शेयरधनी पनि हुन् । राष्ट्र बैंकले बैंकिङ ऋण दुरूपयोग गरेको घटनामा लामो समयपछि संस्थापक शेयरधनीविरूद्ध यस्तो कारवाही गरेको हो ।

खेतानाले आफू संस्थापक रहेको वा आधारभूत शेयरधनी रहेको बैंकबाट शेयरधनीले ऋण सुविधा उपभोग गर्न नपाउने भएपनि उनले संस्थागत सुशासनको उलंघन गरेर १२ करोडभन्दा बढी ऋण लिएर दुरूपयोग गरेका थिए । उनको नाममा लक्ष्मी सनराइज बैंकमा १ प्रतिशतभन्दा बढी संस्थापक शेयर स्वामित्व रहेको छ ।

व्यापारी खेतानाले आफू निकटका व्यापारी पंकज झुनझुनवालाको नामबाट ऋण लिएको पाइएको हो । व्यापारी झुनझुनवालाको नाममा प्रवाह भएको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ खेतानले आफ्नो बैंक खातामा ट्रान्सफर गराएका र ऋणी झुनझुनवालाको नाममा जारी भएको कर्जाको ब्याजवापतको रकम भने खेतानकै खाताबाट ट्रान्सफर गराएर भुक्तानी गरिएको रास्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको संस्थापक शेयर धनी रहेका खेतानले बैंकको स्थापनाको समयदेखि नै ऋण रकमको दुरूपयोग गरेको हुन सक्ने आंशका गरिएको छ भने हाल लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरका कारण साबिक सनराइज बैंककका कर्मचारीले यो अति गोप्य कारोबारबारे जानकारी पाएर राष्ट्र बैंकको नोटिसमा ल्याएको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै