prabhu

एनआईसी एसिया बैंकको ऋण जेठ महिनाभित्र तिरे जरिवाना तिर्न नपर्ने

काठमाडौँ । एनआईसी एसिया बैंकले जेठ महिनाभित्रमा कर्जा रकम चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा पनि छुट दिने बताएको छ । बैंकले आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई कमगर्न सहयोग पुग्ने भन्दै ब्याज रकममा छुट दिने भएको हो ।

बैंकका अनुसार ९१ दिनदेखि १८० दिनको भाखा नाघेका ऋणीको ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको समयावधिका ऋणीलाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय नाघेकाले ३५ प्रतिशत छुट पाउनेछन् ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने पनि बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै