National

सानिमा बैंकका ग्राहकलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशन छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरूले स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । सानिमा बैंकको भिसा डेबिट क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपालमा छुट दिने भएको छ । समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकका प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरू तथा १ सय २४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै