सानिमा बैंकले कमायो २ अर्ब ३५ करोड २ लाख, ईपीएस बढेर २२.९२ रुपैयाँ कायम, कस्तो छ बैंकको अन्य वित्तीय अवस्था ?

काठमाडौँ। सानिमा बैंकले तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ४२.२३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले १८.५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। चैतसम्म बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा पनि ४७.५० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ। चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब १० करोड २९ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ थियो।

यता समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको खराब कर्जा अनुपातपनि  (एनपीएल) १.६० प्रतिशतमा पुगेको छ।

बैंकको वार्षिकीकृत प्रतिसे यर आम्दानी (ईपीएस) बढेर २२.९२ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १५.२७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.५५ रुपैयाँ रहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै