National

विश्व बैंकले नेपाललाई ८० मिलियन ऋण दिने, वित्तीय सेवाहरूमा पहुँच बढाउन सहयोग पुग्ने विश्वास

काठमाडौँ । विश्व बैंकले नेपाललाई ८० मिलियन ऋण दिने भएको छ । नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।

उक्त रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माण र वित्तिय समस्या समाधानको विविधीकरणमा लगानी गर्नुपर्ने छ ।

विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा बनिएको छ ।

विश्व बैंक टास्क टिम लिडर फर दि प्रोजेक्ट तात्सिना क्लिअत्स्कोवाका अनुसार उक्त्त रकम नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन, बैंकिङ क्षेत्रको पोर्टफोलियोमा ग्रीन बोन्डस, बीमा र पुँजी बजारको सुधारको औजार चलाउन सहयोगी बने, जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य भेट्टाउनका लागि सहयोगी बन्ने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै