National

जागिर खाने हो ? लुम्बिनी विकास बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता (सूचनासहित)

काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, रिलेसनसिप अफिसरका साथै केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको हो ।

बैंकले जारी गरेको सूचना अनुसार अफिसर स्तरको ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर पदका लागि न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन सङ्कायमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले स्नातकोत्तर गरेकालाई बढी प्राथमिकता दिइने जनाएको छ । इच्छुक व्यक्तिहरूले सो पदका लागि ब्रान्च अर्पेशन र कर्जा कार्यमा न्यूनतम ५ वर्ष र ब्रान्च म्यानेजर पदका लागि न्यूनतम २ वर्ष कार्य गरेको अनुभव हुनुपर्नेछ ।

यता सहायक स्तरको असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनसिप अफिसरका लागि व्यवस्थापन सङ्कायमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका आवेदकले बैंकको आधिकारिक वेबसाइटमार्फत आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै