काठमाडौँ। लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको करिब सवा १ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।
बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन १५ दिनभित्र काठमाडौँको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा पेस गर्न सकिनेछ।


