National

नबिल बैंक लुट्ने लुटेरा भारतमा पक्राउ !

काठमाडौँ । नबिल बैंक लुट्ने लुटेरा भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सविता देवी रहेका छन् ।

भारतीय प्रहरीले भारतको मोतीहारीबाट लुटेराहरु मध्ये थप ३ जनालाई पक्राउ  गरेको हो । प्रहरीका अनुसार लुटिएको रकम, लुटमा प्रयोग भएका औजार तथा हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक कान्तेश कुमार मिश्रका अनुसार लुटिएको रकममध्ये १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ बरामद भएको छ ।

त्यस्तै, पक्राउ परेकाहरूको साथबाट एउटा देशी कट्टा, केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ,  सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइलसमेत बरामद भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै