National

६ वटा झोलामा भेटियो नबिल बैंकबाट चोरी भएको रकम

काठमाडौँ । गत आइतबार वीरगञ्जस्थित नबिल बैंकको बाइपास शाखाबाट चोरी भएको १ करोड ३४ लाख रकम फेला परेको छ । चोरी भएको सो मध्ये केही रकम प्रहरीले भारतमा फेला पारेको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार चोरीको रकम भारतको घोडासहनमा लुकाएर राखिएको अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो । चोरी भएको रकम ६ वटा झोलामा राखेको अवस्थामा भेटिएको प्रहरी अधिकृतले बताए ।

प्रहरीले चोरीमा संलग्न ५ जना मध्य दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको हो । रौतहटबाट दुई जना नेपाली र भारतको घोडासहनबाट दुई जनालाई पक्राउ गएको छ भने चोरीमा संलग्न समूहका अर्का एक जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ । नेपालबाट रौतहटका बुधरामका सन्जय जयसवाल र छोटेलाल जयसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ भने भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई पक्राउ गएको हो । प्रहरीले सन्जय जयसवाल र छोटेलाललाई रौतहट रात्रिबसमा चढेर काठमाडौं आउँदै गरेका बेला बस घेरा हालेर नियन्त्रणमा लिई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धा गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतका मन्टु पासवान र ललन कुमार भने अहिले भारतीय प्रहरीकै हिरासतमा छन् । उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको छ भने घटनामा संलग्न अर्का एक भारतीयको पनि खोजी भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

बैंकमा चोरी गर्ने योजना गर्नुभन्दा पहिले चोरहरूको समूहले गत आइतबार वीरगञ्को नयाँ बसपार्कमा रहेको रानीपोखरी होटलमा छोटेलाल जयसवालका नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने चोरीको घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुई जना नेपालीलाई मात्र नियन्त्रणमा लिएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै