prabhu

राष्ट्र बैंकको कारबाहीमा परे चार वाणिज्य र दुई विकास बैंक, एकीकृत निर्देशन विपरित चलेको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न ६ बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन विपरित कार्य गरेको भन्दै राष्ट्र बैंकले उक्त बैंकलाई कारवाही गरेको हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ वाणिज्य बैंक र २ विकास बैंक गरि ६ वटा बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

बैंक सुपरीवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८० र ०८१ को तेस्रो त्रैमासमा ४ वटा वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । कुमारी बैंकले ‘बैंक-वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन’को व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको पाइएको थियो । 

नेपाल इन्भेष्टमेन्ट बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कनफर्म गरी उक्त प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिशरी नेट जारी गरी हितग्राही बाट बैंकले कुल ४१.३६ करोड बराबरको बिल खरिद गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रुपमा देखाई राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको बैंकले जनाएको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को इ.प्रा. निर्देशन नं.२-०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको पाइएको छ भने लक्ष्मी सनराइज बैंकले साविक लक्ष्मी बैंक लिमिटेडको १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानलेसोही बैंकको ऋणी पंकज झुनझुनवालालाई दिएको रकम आफ्नो खातामा ट्रान्सफर गरी मनपरी ढंगले चलाएको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी भएको पाइएको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै