PRABHU BANK

लक्ष्मी सनराइज बैंकमा हदैसम्मको मनपरी, ऋणीलाई ऋण दिएर संस्थापकले प्रयोग गरेको भेटियो, सीइओमाथि भयो कारवाही !

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले हदैसम्मको मनपरी गरेको पाइएको छ ।

बैंकको १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंककोऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको रु.१२ करोड कर्जा मध्ये रु. ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी-गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी-गराई भुक्तानी गरेको पाइएको हो ।

यस्तो गलत काम गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं ६-८० को बुँदा ८ (ख) मा भएको व्यवस्था उल्लङ्घन भएको भन्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम निज राजेन्द्र कुमार खेतानलाई रु.१० लाख जरिवाना गराएको छ भने सो ऋण प्रवाह गर्ने सीइओलाई सचेत गराएको छ ।

साथै, लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लि.) बाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएको र उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएकोसमेत राष्ट्र बैंकले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै