National

एभरेष्ट बैंकको पोखरा शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Everest Bank
  • बैंकिङ संसार 
पोखरा । एभरेष्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखराको अमरसिंह चोक शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । २९ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको बैंकले जनाएको छ । संक्रमित कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
साथै बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै