National

बिहिबारसम्म बैंकका सबै शाखा खुल्ने, यस्तो छ कारण

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै राजश्व संकलनका लागि बिहिबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन दिएको हो । 
सरकारले राजश्व तिरिसक्न करदाताहरुलाई आह्वान गरेसँगै राष्ट्र बैंकले बैंकका सबै शाखाहरु खुल्ला गर्न निर्देशन दिएको हो । राजश्व उठाउने म्याद यही भदौ २५ गतेसम्म मात्र रहेको छ । बैंकले सर्वसाधारणलाई कर तिर्न सजिलो बनाउने उद्देश्यले पनि यस्तो निर्णय गरेको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै