National

बेष्ट फाइनान्सको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले ९ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । फाइनान्सले मंगलबार (भदौ २३) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
फाइनान्स कम्पनीले बचत खातामा न्युनतम ५ प्रतिशत र अधिकतम ६ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । यस्तै मुद्धती निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत तोकेको छ भने ६ महिनासम्मका लागि ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ ।
त्यस्तै ९ महिनासम्मका लागि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत व्याज दिने भएको छ भने १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याज दिने भएको छ । यसैगरी २ वर्षदेखि ३ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत र ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकले ५ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime