National

युनाइटेड फाइनान्सले भन्यो– ‘ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आउनू’

 United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । फाइनान्सले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि फाइनान्सले गरेको छ । 
फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
ग्राहकहरुले नजिकै रहेको फाइनान्सको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन दिन सक्नेछन् । आवेदन भने ग्राहकहरुले आश्विन ५ गते सोमबारसम्म मात्र दिन पाउनेछन् । तोकिएको समयभित्र आवेदन प्राप्त नभएमा ग्राहक तथा ऋणीहरुले पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुन सक्ने फाइनान्सले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै