National

बैंक अफ काठमाण्डूको स्थगित संस्थापक समूहको लिलामी सेयर पुनः सुचारू

 Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूको स्थगित संस्थापक समूहको लिलामी सेयर पुनः सुचारू भएको छ । बैंकले भाद्र १ गते सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयर पुनः सुचारू भएको हो । 
कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको संस्थापक समूहको सेयर पुनः लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता बराबरको संस्थापक समूहको सेयर निष्कासन गरेको हो । 
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता र निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार उक्त सेयर पुनः लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।
उक्त लिलामी सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा संगठित संस्थाले मंगलबार भाद्र ३० गतेबाट असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति सेयर १४० रूपैयाँ तोकेको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । 
बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असोज ५ गते सोमबार १०ः३० बजे एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै