National

बैंक अफ काठमाण्डूको १६ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला हुने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको हो । बैंकले १६ हजार ९ सय ५० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने भएका छन् ।
संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन अनुरोधसमेत बैंकले गरेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै